Rule 4
विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने
विद्युत उत्पादनको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–२ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत उत्पादन परियोजनासँंग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–
(क) परियोजना स्थलको नक्शा (जसमा प्रस्तावित विद्युत गृह, बाँध, जलाशय, नहर, सरुङ्ग, सव–स्टेशन, प्रसारण लाइन, वितरण क्षेत्र आदिको प्रारम्भिक नक्शा र परियोजना क्षेत्र भित्रका गाउँ, शहर, ऐतिहासिक स्थान, बाटो इत्यादी समेत स्पष्ट रुपमा देखाउनु पर्छ),
(ख) सर्वेक्षण गरिने जलस्रोतको क्षेत्र र उपयोग हुने पानीको परिमाण,
(ग) परियोजना सम्पन्न गर्न लाग्ने अनुमानित लागत र कुल अवधि (सर्वेक्षण र निर्माण समेतको लागि),
(घ) परियोजनाको कुल जडान क्षमता र वार्षिक उत्पादनको अनुमान,
(ङ) जल बाहेक अन्य साधनबाट विद्युत उत्पादन गर्ने भए प्रयोग गरिने इन्धनको किसिम र त्यसको आपूर्ति गर्ने तरिका,
(च) अन्य आवश्यक कुराहरु ।